कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४२ लाख घूस लिने अधिवक्ता राना पक्राउ

काठमाडौँ — राजस्व चुहावट मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ४२ लाख घूस लिने अधिवक्ता टंकबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

४२ लाख घूस लिने अधिवक्ता राना पक्राउ

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनन्यायीक कानुनी सेवा केन्द्र माइतीघरका अधिवक्ता राना मगरलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।


राजस्व चुहावट प्रकरणमा नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भन्दै ४२ लाख घूस लिएको परिवारको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको थापाले बताए । अधिवक्ता रानाले गत साउन २४ गते दाहालका परिवारबाट ४२ लाख घूस लिएका थिए ।

थुनामा रहेका दाहाललाई अदालतले २ करोड, २५ लाख धरौटी माग गरेको छ । दाहाल २०७५ मंसिर २७ गतेबाट थुनामा छन् ।

प्रकाशित : माघ २४, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?