कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण सुरु

काठमाडौँ — कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको होटल हयातमा सुरु भएको दोस्रो संस्करण दुई दिनसम्म शुक्रबार र शनिबार गरेर दुई दिन हुने छ ।

कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण सुरु

कन्क्लेभको दोस्रो संस्करणको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजना वक्ताले विद्वत प्रवचन दिने छन् ।

यस्तै पहिलो दिनको एकमात्र सत्र 'लेसन्स फ्रम द इस्ट'मा निक्केई एसियन रिभ्यूका सम्पादक ग्वेन रोबिन्सन, एसियाली विकास बैंककी निता पोखरेल र आईसीसीपी अध्यक्ष तथा कार्यकारी प्रमुख भ्यालेन्टिनो एस बगतसिंहले यूरोपियन यूनियनपछि सबैभन्दा धेरै जोडिएको दक्षिण पूर्वी एसियाका बारेमा बहस हुने छ । यस सत्रको सहजकर्ता बिड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी सुजीव शाक्य रहने छन् ।


दोस्रो दिन शनिबार पठाओका संस्थापक तथा प्रमुख कार्यकारी हुसेन एम इलिएसको विद्वत प्रवचन हुने छ भने विभिन्न विषयमा ८ वटा सत्र हुने छ । कन्क्लेभको अन्तिम सत्रमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले विविध राजनीतिक विषयमा छलफल गर्ने छन् ।

प्रकाशित : माघ २४, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?