कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौँ — सरकारले माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु बिहीबार सार्वजनिक गरेका हुन् । 

यी हुन् माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

मन्त्रिपरिषद्ले रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका रुपमा सूचिकृत गरेको छ । बैठकले जलयात्रा,जलक्रिडा(वाटर इन्टरटेन्मेन्ट) तथा डुंगा सयर(बोटिङ)लाई औद्योगिक व्यवसाय ऐन २०७३ को अनुसूची ६ को पर्यटन उद्योगको सूचीमा थपेको छ ।


यस्तै, संघ अन्तर्गत रहने गरी ३ सय शैय्यासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति दिइएको छ ।

बैठकले नेपाल सहरी सडक मापदण्ड,नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि,प्राइभेट फर्म रजिष्ट्रेशन(बाह्रौं संशोधन) नियमावली,२०७६ स्वीकृत गरेको छ ।

यस्ता छन् माघ २० गतेको बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुः

प्रकाशित : माघ २३, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?