४ दिन सर्‍यो कांग्रेस केन्द्रीय समिति

काठमाडौँ — बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि सारिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा पेस गर्ने एजेण्डाबारे तयारी नपुगेकाले बैठक ४ दिन पर सारिएको जानकारी दिए । 

४ दिन सर्‍यो कांग्रेस केन्द्रीय समिति

‘हामीले माघ १० गते पार्टीभित्रको आन्तरिक विवाद मिलाएका थियौं । शीर्ष नेताहरुबीच भएको सहमति अनुरुप केही निर्णय १३ गतेको केन्द्रीय कार्यसमितिले गर्‍यो पनि,’ प्रवक्ता शर्माले भने, ‘अब सहमतिका बाँकी विषय टुंग्याउनु पर्नेछ । यो हप्ता शीर्ष नेताहरु जिल्लामा भएका कार्यक्रममा सहभागि हुन गएकाले छलफल हुन पाएन । छलफल गरेर टुंगोमा पुर्‍याउन सारिएको हो ।’

बिहीबारको बैठकमा १४ औं महाधिवेशनका लागि आवश्यक पर्ने विधानका धारा निलम्बन गर्ने विषयमा मस्यौदा पेस गर्ने तयारी थियो ।

प्रकाशित : माघ २२, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?