कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरसका बारेमा अमेरिकाले राजनीति गर्दैछ : दाहाल

दीपक परियार

पोखरा — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसका बारेमा अमेरिकालगायत पश्‍चिमा शक्तिले राजनीति गरेको आरोप लगाएका छन् ।

कोरोना भाइरसका बारेमा अमेरिकाले राजनीति गर्दैछ : दाहाल

प्रेस संगठन नेपाल, कास्कीले आयोजनामा पोखरामा भएको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले चीनलाई मन नपराएकै कारण अनावश्यक प्रचारप्रसार गरेर वातावारण दूषित बनाएको आरोप लगाए ।

कोरोना भाइरसबाट त्रसित हुनुपर्ने अवस्था नआए पनि सतर्कचाहि‌ँ हुन पर्ने अवस्था नभएको उनले बताए । चीनले कोरोना भाइरसको उपचारका लागि भ्याक्सिन बनाउने काममा लागिरहेको बताउँदै छिट्टै निराकरण हुने आशा उनले व्यक्त गरे ।


सन् २००८ मा अमेरिकालगायतका देशमा महामारी फैलिँदा चीनले सघाएको तर अहिले चीनलाई सघाउने कामभन्दा बढी अनावश्यक प्रचार भएको आरोप दाहालले लगाए । शक्ति राष्ट्रले के कुरालाई राजनीतिक रुप दिने वा नदिने भन्नेबारेमा सचेत भएर अघि बढ्नुपर्ने पनि उनले बताए ।

त्यस्तै अध्यक्ष दाहालले एमसीसीको ठाडै समर्थन र विरोध गर्नेभन्दा पनि बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए । झलनाथ खनालको नेतृत्वमा गठन भएको तीन सदस्यीय कार्यदलले एमसीसीका बारेमा अध्ययन थालिसकेको अध्यक्ष दाहालले बताए । कार्यदलले ल्याएको कुरा जस्ताको त्यस्तै पास हुन्छ भन्ने नभएको दाहालले बताए । एमसीसी पास गर्ने वा नगर्ने भन्ने कुरा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि मात्रै तय हुने पनि दाहालले बताए ।

प्रकाशित : माघ २२, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?