कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोजगारीको व्यवस्था गर्न माग गर्दै प्रतिनिधिसभामा विशेष महत्वको प्रस्ताव दर्ता

काठमाडौँ — मुलुकभित्र रोजगारीका दीर्घकालीन प्रबन्ध मिलाउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद डिला संग्रौलाले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् । 

रोजगारीको व्यवस्था गर्न माग गर्दै प्रतिनिधिसभामा विशेष महत्वको प्रस्ताव दर्ता

सांसद संग्रौलाको प्रस्ताव तथा सञ्जय गौतम र रामबहादुर विष्टको समर्थनमा दर्ता गरिएको प्रस्तावमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम छलफल गर्न माग गरिएको छ । सार्वजनिक महत्वको प्रस्तावमा ४ कारणले छलफल हुनुपर्ने कारण उल्लेख गरिएको छ ।


वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेका युवाहरुलाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, वैदेशिक रोजगारीका तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्न, वैदेशिक रोजगारीमा पुगेर अहिले विभिन्न देशका अस्पतालमा कोमामा वर्षौंदेखि रहेकाहरुको उपचार र अवस्था हेरेर आश्रित परिवारलाई आर्थिक सहयोग र रोजगारीको अवसर प्रदान गर्न तथा सरकारले मलेशिया सरकारसँग गरेको सम्झौता सम्झौता अनुसार शून्य लागतमा कामदार पठाउने व्यवस्था मिलाउन निर्देशन दिन प्रस्तावमा छलफल गर्नु पर्ने उल्लेख गरिएको छ ।


४० लाख नेपाली युवा रोजगारीका लागि विदेशका सहरहरूमा रहेको प्रस्तावमा उल्लेख छ । विगत एक दसकमा सात हजार ३ सय ९० जना नेपाली युवा वैदेशिक रोजगारीमा गएको वेला प्राण त्याग्न बाध्य भएको भन्दै प्रस्तावमा मुलुकभित्रै रोजगारीको वातावरण खोज्न माग गरिएको छ ।

प्रकाशित : माघ २१, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?