२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बलात्कारको आरोपमा फरार रहेका एक जना विमानस्थलबाट पक्राउ

काठमाडौँ — बलात्कारको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गुजरी गाउँपालिका घर भएका हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको हो । 

बलात्कारको आरोपमा फरार रहेका एक जना विमानस्थलबाट पक्राउ

जेठ १४ गते गजुरीको बस्नेतगाउँमा बाटो खन्ने क्रममा एक्साभेटर चालकसमेत रहेका हेमनले स्थानीय १६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेका थिए । ढोका फोरेर कोठामा प्रवेश गरी युवतीलाई जबर्जस्ती गरेको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए ।


घटनापछि हेमन केही समय भारतका विभिन्न ठाउँमा लुकेर बसेको र बुधबार वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जान लागेको पाण्डेले जानकारी दिए । नियन्त्रणपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।

प्रकाशित : माघ २०, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?