कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा रहेका नेपालीलाई उद्दार गर्न सरकारलाई कांग्रेसकाे आग्रह 

काठमाडौँ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान प्रान्तमा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउदै नेपाल फर्काउन सरकारसँग माग गरेका छन् । 

चीनमा रहेका नेपालीलाई उद्दार गर्न सरकारलाई कांग्रेसकाे आग्रह 

शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले चीनमा रहेका विद्यार्थी र नागरिकलाई नेपाल फर्काउन सरकारले चासो नदिनु दुःखद रहेको उल्लेख गरेका छन् ।

‘कयौं देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।’

देउवाले नागरिकलाई कोरोना भाइरसबाट सजग र सर्तक रहन अपिल गरेका छन् । सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेषण गर्नुपर्ने देउवाको भनाइ छ ।

नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वसाथ महत्वपूर्ण भूमिका निर्वाह गर्न कांग्रेस नेता कार्यकर्ता र अन्य राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई आग्रह गरेका छन् ।

देउवाले नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गरी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न पनि अपिल गरेका छन् ।

प्रकाशित : माघ १७, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?