कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा कोरोना भाइरसका शंकास्पद बिरामी

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक पुरुषलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा काठमाडाैं रिफर गरेको छ । उच्च ज्वरो आएपछि उपचारका लागि आएका धरान–११ बस्ने ३८ वर्षीय मोहनकुमार लिम्बुलाई प्रतिष्ठानले बिहीबार राति इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रिफर गरेको हो ।

बीपी प्रतिष्ठानमा कोरोना भाइरसका शंकास्पद बिरामी

लिम्बु दक्षिण कोरियाबाट ६ दिन अघिमात्र नेपाल फर्केका थिए । प्रतिष्ठानको आकस्मिक विभागका चिकित्सक प्रा डा ज्ञानेन्द्र मल्लले घाँटी दुख्‍ने र उच्च ज्वरो नरोकिएपछि लिम्बु बिहीबार अपरान्ह ३ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए ।

इमर्जेन्सी विभागले तत्कालै मेडिसिन विभागलाई जानकारी गराएको डा. मल्लले बताए । त्यसपछि मेडिसिन विभागका चिकित्सकले कोरोना भाइरसको संक्रमणको आशंका गरेकाले इपिडिमियोलोजी महाशाखा टेकुमा रिफर गरेको मल्लले बताए ।

कोरोना भाइरसको परिक्षण गर्ने प्रविधि नभएकाले टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएको छ ।

चिकित्सकहरुले लिम्बुको ज्वरो मापन गर्दा १०२ देखि १०३ सम्म रहेको थियो । प्रतिष्ठानमा कोरोना भाइरसका शंकास्पद विरामी आएको बारेमा स्वास्थ्य मन्त्रालयमा पनि जानकारी दिइसकेको डा मल्लले बताए ।

प्रतिष्ठानले कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउनकालागि कोरोना भाइरस र्‍यापिड रेक्पोन्स टिम गठन गरेको छ । अस्पताल निर्देशक प्राडा गौरिशंकर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन गरिएको छ ।

प्रकाशित : माघ १७, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?