कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाको केन्द्रीय समिति बिहीबार, ५ प्रतिवेदन पेस हुने 

काठमाडौँ — राप्रपा केन्द्रीय कार्यसमितिको बैठक विहिबार बाेलाइएको छ । पार्टी महाधिवेशनबारे छलफल गर्न बाेलाइएकाे बैठकमा ५ प्रतिवेदन पेस हुने भएका छन् । बुधबार बसेको कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठकमा पेस गर्ने ५ प्रतिवेदन पारित गरेको छ ।  

राप्रपाको केन्द्रीय समिति बिहीबार, ५ प्रतिवेदन पेस हुने 

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले केन्द्रीय समिति बैठकमा पेस गर्ने अध्यक्ष कमल थापाको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन कार्य सम्पादन समितिले पारित गरेको जानकारी दिए । त्यस्तै महामन्त्री भाष्कर भद्राले सचिवालय र आगामी कार्यक्रमसम्बन्धि, सहायक कोषाध्यक्ष निना भेटवालले आर्थिक प्रतिवेदन पेस गर्ने जानकारी श्नेष्ठले दिए ।

बैठकमा मुख्यगरी पार्टीको महाधिवेशनका विषयमा छलफल हुनेछ । महाधिवेशन सम्बन्धी कार्य अगाडि बढाउन यसअघि जिम्मेबारी प्रदान गरिएका उपाध्यक्ष तोरण गुरुङले पेस गरेकाे सांगठनिक तह सम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ लाई केन्द्रीय कार्यसमितिमा पेस गर्नका लागि कार्यसम्पादन समितिले अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठक बिहीबार विहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । राप्रपा संयुक्तसँग एकिकरणका लागि प्रयासरत राप्रपाले एकिकरण नहुने अवस्थामा पुगेपछि महाधिवशन तयारी थाल्न लागेको हो ।

प्रकाशित : माघ १५, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?