कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

चौधरी र रेग्मीले काठमाडौं–१ स्थित गुठीको जग्गा गुठीमै कायम गर्न सेवाग्राहीसित ८ लाख रुपैयाँ घूस लिएको र पछि सेवाग्राहीकै निजी खातामा फिर्तासमेत गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले मंगलबार नै पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनी विरुद्ध समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


पुडासैनीले सडक निर्माणको टेन्डर सम्झौतापछि मोबिलाइजेसन पेश्की लिन आएका सेवाग्राहीसँग २२ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

प्रकाशित : माघ १४, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?