कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चन्द कार्यकर्ता पक्रँदा गोली लागेर प्रहरी घाइते

कमल पन्थी

बर्दिया — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा आफ्‍नै पेस्तोलको गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

मंगलबार दिउँसो मधुवन नगरपालिका–४ महुवास्थित बबई नहरमा भएको घटनामा इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन् । दायाँ तिघ्रामा गोली लागेका चौधरीलाई उपचारका लागि नेपालगन्ज लगिएको एसपी राजेशनाथ बाँस्तोलाले बताए ।


यसक्रममा जनप्रतिनिधि परिषद्का जिल्ला अध्यक्ष मधुवन–८ दुर्गापुरका ६६ वर्षीय जयबहादुर ठाडामगर र जिल्ला सदस्य बढैयाताल गाउँपालिका–४ का ५० वर्षीय रोहितकुमार सुनार पक्राउ परेका छन् । अन्य दुई जना फरार भएको एसपी बाँस्तोलाले बताए ।

प्रकाशित : माघ १४, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?