कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार कुनै पनि मित्रराष्ट्रसँग सहयोगको हात बढाउन तयार छ : मन्त्री भट्टराई

गणेश चौधरी

टीकापुर — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकार कुनैपनि मित्रराष्ट्रसग सहयोगको हात बढाउन तयार रहेको बताएका छन् । सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को मंगलवार उदघाटन गर्दै मन्त्री भट्टराईले घुमाउरो शैलीमा सरकार अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन तयार रहेको बताएका हुन् ।

सरकार कुनै पनि मित्रराष्ट्रसँग सहयोगको हात बढाउन तयार छ : मन्त्री भट्टराई

उनले सरकारले अघि सारेका कुनैपनि योजना प्रति भावनात्मक रुपमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरे । ‘साथीहरु भावनामा बहकिनु हुन्छ । त्यसरी नरात्मक भ्रम नफैलाउन आग्रह गर्छु’ उनले भने, ‘राष्ट्र, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व हो । यो कुरामा सरकार स्पष्ट छ ।’


उनले सरकार सम्वृद्ध नेपाल सुखी नेपाली अभियानमा लागेको भन्दै वर्षौदेखि विभाजित समाजलाई कसरी समता मूलक बनाउन सकिन्छ भन्ने सोचमा रहेको बताए । सरकार सबै राजनीतिक दलहरुसग हातेमालो गरेर अघि बढिरहेको बताउँदै भट्टराईले सबैको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने बताए । उनले काग्रेस र कम्युनिष्टबीचको सहकार्यले नै अहिलेको परिवर्तन सम्भव भएको बताए ।‘हामी बेलाबखत अशान्तिका संकेत देख्छौं । यसले देश र जनताको पक्षमा हित गर्दैन’ उनले भने,‘संविधान भित्र रहेर स्वस्थ प्रतिस्पर्धा गरौं । जित्ने र हार्ने सामान्य कुरा हो ।’


मन्त्री भट्टराईले देश वा समाज निर्माणको क्रममा कहिले काही समाजले दुखद् घटना पनि व्यहोर्नु परेको स्मरण गर्दै टीकापुर घटनालाई बिर्सदै समाजको विकासमा लाग्न पनि आग्रह गरे । उनले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न र स्थानीय पर्यटन विकासको गुरुयोजना ल्याउन स्थानीय सरकारहरुलाई आग्रह गरे ।


महोत्सव आयोजक टीकापुर उदोग वाणिज्य संघले टीकापुर एयरपोर्ट संचालनका विषयमा राखेको माग पुरा गर्ने बचन दिए ।

प्रकाशित : माघ १४, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?