कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले गलत मनसायका साथ कानून ल्याएको छ : पौडेल

काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेल नेपालमा अझै पनि लोकतन्त्रका लागि अनुकूल वातावरण नभएको बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा गरेको ‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताए । 

सरकारले गलत मनसायका साथ कानून ल्याएको छ : पौडेल

पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । नेकपा एकदलीय निरङ्कुशतातर्फ अगाडी बढन खोजिरहेको आरोप पौडेलको छ । तर, उसले जनताको बहुदलसँग जोडेर आफूलाई जनवादसँग जोड्न लागेको पौडेलले बताए ।

‘नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ । जनमतको दबाबमा बहाना अर्कोथरी गर्नु परेको छ,’ पौडेलले भने, ‘बहुदल नमान्ने एकदलिय निरङ्कुसता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको कम्युनिष्ट शक्तिले आफुलाई बहुदलसँग जोडेर, बहुदलीय जनवाद भनेर जनतासँग बहुदल माग्दै त्यतैतिर आफूलाई जोड्ने प्रयास गरेका छन् ।’


पौडेलले संविधानसभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भएपनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान ल्याउन आफूहरु सफल भएको बताए । संविधान आएपछि त्यसविपरीतका कानून बनाएर काम गर्न पाइदैन भनेर खबरदारी गर्न पाइएको पौडेलले बताए । सरकारलाई संविधानले दिएको अधिकार कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उनको भनाइ छ ।


पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाए । उनले नेपाली कांग्रेसभित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याए । कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पुर्‍याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने पौडेलको भनाइ छ ।

प्रकाशित : माघ १४, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?