कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख सापकोटाद्वारा नेकपाको सबै जिम्मेबारीबाट राजीनामा

काठमाडौँ — सभामुख अग्नि सापकोटाले नेकपाको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेबारीबाट राजीनाना दिएका छन् । सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि पार्टीको सम्पूर्ण पद र सदस्यता समेत नरहने गरी राजीनामा दिएको बताएका छन् । 

सभामुख सापकोटाद्वारा नेकपाको सबै जिम्मेबारीबाट राजीनामा

‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका े लागि यसभन्दा पूर्व म सम्लग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेबारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो सम्लग्नता नरहेको ब्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँदछु,’ विज्ञप्तिमा सापकोटाले भनेका छन् ।


सापकोटाले सोमबारै सभामुखको पद तथा गोपनियताको सपथ लिदैँ कार्यभार सम्हालेका थिए ।

प्रकाशित : माघ १३, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?