कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङे धरौटीमा रिहा 

लालप्रसाद शर्मा

पोखरा — कास्की फुटवल संघका अध्यक्षमाथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई ६ हजार धरौटीमा छाडेको हो ।

मनाङे धरौटीमा रिहा 

संघ अध्यक्ष मिलन गुरुङले बुधवार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले त्यसको भोलिपल्ट मनाङेलाई पक्राउ गरेको थियो ।


मनाङलेलाई शुक्रबार जिल्ला प्रशासनले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको थियो ।


आइतबार प्रहरीले मनाङेलाई जिल्ला प्रशासनमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटी मागेका थिए । मनाङे ६ हजार रकम नगदै बुझाएर रिहा भएका हुन् ।

प्रकाशित : माघ १२, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?