कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रुजमा उपराष्ट्रपति पुन (तस्बिरहरुसहित)

रमेशकुमार पौडेल

चितवन — उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार मध्यन्ह क्रुजको संक्षिप्त यात्रा गरेका छन् । राइनो वाटर इन्टरटेनमेन्टले देशमै पहिलो पटक क्रुज सञ्चालन गर्न लागेको छ । भरतपुर महानगरपालिका–१६ मंगलपुरको काप्रेघाटदेखि नारायणी नदीमा देवघाटसम्म क्रुज चल्ने योजना छ । निर्माणाधिन सोही क्रुजमा उपराष्ट्रपति पुनले लगभग आधा घण्टा यात्रा गरे ।

क्रुजमा उपराष्ट्रपति पुन (तस्बिरहरुसहित)

‘रमाइलो लाग्यो, राम्रो पनि लाग्यो । बन्दै रहेछ चाँडै तयार भएर व्यवसायिक रुपमा पनि सञ्चालन होस्’ क्रुज यात्रापछि उपराष्ट्रपति पुनले सञ्चारककर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए । नारायणगढदेखि झन्डै ६ किलो मिटर पश्चिम नारायणी नदी किनारमा क्रुजको स्टेसन रहेको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार १५ करोड रुपैयाँको लागतमा क्रुज बन्ने छ ।


‘इन्जिन राखेपछि नदीमा चल्न सक्ने वा नसक्ने बारेमा महिना दिनअघि परीक्षण गरेका हौं । १३० टनको यो क्रुज नदीमा सफल्तापूर्वक चल्यो । संरचना निर्माणका काम लगभग सकियो । तर साजसज्जाका साना मसिना कामहरु बाँकी छ । त्यो पूरा भएपछि क्रुज व्यवसायिक रुपमा पनि चल्ने छ,’ प्रबन्ध निर्देशक कँडेलले भन । पहिला दसैंसम्म चलाउने तयारी थियो । पछि अंग्रेजी नयाँ वर्षमा चलाउने भनियो ।


अहिले पनि सजावटका कामहरु बाँकी नै भएका कारण क्रुज सञ्चालनको मिति तोकी हाल्न नसकेको कँडेल बताउँछन् । दुई तलाको सो क्रुजमा एक पटकमा दुई सयजना चढ्न सक्ने छन् । पर्यटकीय उद्देश्यका लागि क्रुज सञ्चालन हुने हुँदा यसले चितवनको पर्यटन विकासमा नयाँ आयम थप्ने उनले बताए । बिहान, दिउँसो र राति गरेर तीन समयमा क्रुज सञ्चालन हुने उनले बताए ।


प्रकाशित : माघ १०, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?