८  लाख घूससहित गाउँपालिका अध्यक्ष पक्राउ

कलेन्द्र सेजुवाल

सुर्खेत — जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूस लिने क्रममा बिहीबार दिउँसो वीरेन्द्रनगरबाट अख्तियारको नियन्त्रणमा परेका छन् ।

ZenTravel

दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्त चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका हुन् । सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मघेराज सापकोटाले जानकारी दिए ।

Meroghar

प्रकाशित : माघ १०, २०७६ १७:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति भयो : निधि

सैद्धान्तिक सहमति भएको छ, हामी सोमबारको बैठकमा सहभागी हुन्छौं : मीनेन्द्र रिजाल
मधुसुधन भट्टराई

काठमाडौँ — महाधिवेशनको मिति यथावत राखी तल्ला निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गर्नेगरी कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा लञ्चसहित ६ घण्टा बसेको शीर्ष नेताहरुको बैठकले विवाद टुंग्याएको हो।उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशन तोकिएको मितिमा गर्नेगरी मातहतका अधिवेशनको मिति परिवर्तन गरेर सहमति भएको जानकारी दिए।

यस्तै क्रियाशील सदस्यता छानवीन गर्न समिति बनाउन पनि सभापति शेरबहादुर देउवा तयार भएपछि विवाद टुंगिएको हो । शुक्रबारको बुढानिलकण्ठ बैठकमा असन्तुष्ट अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।

‘पुस ११ गतेको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र मातहतका अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने गरी सहमति बन्यो,’ निधिले इकान्तिपुरसित भने, ‘परिवर्तित अधिवेशनका कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेश हुनेछ ।’ केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते सोमबार बस्ने तय भएको पनि उनले बताए ।

पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित तय गर्ने, महाधिवेशन प्रयोजनार्थ पार्टीका क्रियाशील सदस्यता सम्बन्धी विधानका व्यवस्था निलम्बन गर्ने, विभागको संख्या बढाउने र तरुण दलको म्याद थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट बनेको थियो।

त्यही असन्तुष्टिलाई सहमतिबाट टुंग्याएर महाधिवेशनको वातावरण बनाउन शीर्ष नेताबीच छलफल भएको थियो।

केन्द्रीय सदस्य मिनेन्द्र रिजालले विवाद समाधान गर्ने सैद्धान्तिक सहमति बनेको बताए। ‘पार्टीभित्रको आन्तरिक विवाद हल सकारात्मक तरिकाले गर्ने सैद्धान्तिक सहमतिमा हामी पुगेका छौ,’ रिजालले भने, ‘ठोस सहमतिको खाका आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेस हुन्छ।’

बैठकले क्रियाशील सदस्यता छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ।त्यस्तै भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गर्ने गर्ने सहमति पनि बैठकमा भएको छ। ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको दिनसम्म ३२ बर्ष उमेर ननाघेकाले १२ औं महाधिवेशनमा उम्मेदवार बन्न पाउने, महाधिवेशन आयोजक समितिमा बसेकाहरु महाधिवेशनमा उम्मेदवार बन्न नपाउने गरी सहमति निकालिएको निधिले जानकारी दिए। अहिलेको महाधिवेशन आयोजक समिति भने ३२ बर्ष माथिबाट नै बनाउने सहमति नेताहरुबीच छ। ‘नेविसंघको महाधिवेशन आयोजक समिति गठन गर्ने सहमति बनेको छ,’ निधिले भने, ‘आइतबारसम्म सहमतिमै महाधिवेशन आयोजक समिति बन्छ।’

बैठकमा देउवा, पौडेल, निधि र सिटौलाका साथै महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेताहरु प्रकाशमान सिंह, मीनेन्द्र रिजाललगायतको सहभागिता थियो।

बहुमतले महाधिवेशनको कार्यतालिकासहितको मिति तोकेको भन्दै पौडेल समूहले गत २६ मंसिरदेखि केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको थियो।सोमबारको बैठकमा सहभागि हुने रिजालले बताए।

प्रकाशित : माघ १०, २०७६ १७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×