कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवारी दिएपछि सापकोटाले भने- 'स‌ंसदको गरिमा उच्च बनाइराख्न भगीरथ प्रयत्न गर्छु'

काठमाडौँ — सभामुखका उम्मेदवार नेकपा सांसद अग्नि सापकोटाले संसदको गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न प्रयत्न गर्ने बताएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार उम्मेदवारी दर्ता गरेपछि सापकोटाले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सार्वभौम संस्थाको ओज बचाउन लागि पर्ने बताएका हुन् ।

उम्मेदवारी दिएपछि सापकोटाले भने- 'स‌ंसदको गरिमा उच्च बनाइराख्न भगीरथ प्रयत्न गर्छु'

उनले भने, ‘जननिर्वाचित सार्वभौम संस्थाको ओज, गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न भगीरथ प्रयत्न गर्नेछु ।’ सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएका हुन् ।


प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि संसद्‌ सचिवालयले आज (मंगलबार) २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । सापकोटालाई आइतबार बसेको सत्तारुढ नेकपाकाे सचिवालय बैठकले सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भिडियो

प्रकाशित : माघ ७, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?