कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धर्मनिरपेक्ष राष्ट्रको पक्षमा छैन : शशांक

नवलपरासी — कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू धर्मनिरपेक्ष राष्ट्रको पक्षमा नभएको बताएका छन् । नेपाल हिन्दु बाहुल्य देश भएकाले धर्मनिरपेक्ष राष्ट्र भन्नु उचित नहुने उनको भनाइ छ ।

धर्मनिरपेक्ष राष्ट्रको पक्षमा छैन : शशांक

पूर्वी नवलपरासीको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको पितृमोक्ष महायज्ञको समापनमा कोइरालाले धर्म मान्ने कुरा व्यक्तिगत स्वतन्त्रता भएकाले निरपेक्ष भनेर कित्ताकाट गरिराख्नु नपर्ने बताए ।


उनले मुलुकको समृद्धिका लागि उत्पादनमूलक कार्यमा जोड दिन आवश्यक रहेको बताए । उनले भने, ‘पानीजहाज र रेलको कुरा गरेर मात्र समृद्धि आउँदैन । त्यसले मुलुकलाई ऋणमा डुबाउँछ ।’

प्रकाशित : माघ ६, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?