कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेल पक्षले खोल्यो सम्पर्क कार्यालय

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको चौधौं महाधिवेशनलाई लक्षित गरी सोमबारदेखि सम्पर्क कार्यालय खोलेको छ ।

अनानमनगरस्थित व्यवसायी एवं कांग्रेस कार्यकर्ता राजेन्द्र बजगाईँका भाइ नबराज बजगाँईको ‘बुद्ध एकेडमिक’ पाठ्यक्रम प्रकाशन कार्यालय रहेको घरमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयको जाँचापाँचो व्यावसायी बजगाँईले गरिदिएका हुन् ।


पौडेल पक्षले ‘सामाजिक लोकतन्त्र अध्ययन केन्द्र’ को नामबाट आफ्नो सर्म्पक कार्यालय चलाउने भएको छ । यसअघि पार्टी सभापति शेरबहादुर देउवाले पनि यहीँ सम्पर्क कार्यालय बनाएका थिए । पौडेलले सोमबारदेखि नै सम्पर्क कार्यालयबाट भेटघाट सुरु गरेका छन् ।

प्रकाशित : माघ ६, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?