कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवमायाको राजीनामापछि अबको बैठक ठाकुरले संचालन गर्ने

काठमाडौँ — उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठक सकिए लगत्तै सिंहदरवारस्थित संसद सचिवालयमा पुगेर तुम्बाहाङ्फेले राजीनामा बुझाएकी हुन् । 

शिवमायाको राजीनामापछि अबको बैठक ठाकुरले संचालन गर्ने

‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुनेगरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु,’ सभामुखलाई सम्बोधन गर्दै बुझाएको राजीनामामा तुम्बाहाङ्फेले भनेकी छन् ।

अपरान्ह ४ बजेका लागि पुनः बोलाइएको संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

ठाकुर संसद सञ्चालन गर्नका लागि पद तथा गोपनियताको सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास जाँदैछन् ।

संसद बैठकको सुरुमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (१) बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामा पत्र पढेर सुनाउने कार्यतालिका संसद सचिवालयले तय गरेको स्रोतले बताएको छ ।

त्यसपछि रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ ।

प्रकाशित : माघ ६, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?