कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराएको ३ वर्षपछि चन्दननाथ मन्दिरको मुख्य मूर्ति फेला 

एलपी देवकोटा

जुम्ला — खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट तीन वर्षअधि हराएकाे दत्तात्रेयको १८ किलाेकाे चाँदीको मूर्ति जुम्ला चन्दननाथ नगरपालि–१ दानसाँगुमा भेटिएकाे छ।

हराएको ३ वर्षपछि चन्दननाथ मन्दिरको मुख्य मूर्ति फेला 

बिहान साढे नाै बजे तलिचाैरका उमेश देवकोटा, लाेकेन्द्र हामाल र लाेकदर्शन देवकोटा जाैकाे खेतमा पानी हाल्न गएका थिए। उनीहरुले ठूलाे मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरे। उनले चन्दननाथकाे मूर्ति हुनसक्ने भन्दै प्रहरी लगायत सराेकारवालालाई खबर गरेपछि चन्दननाथ मन्दिरकाे मूर्ति भएकाे खुलेकाे हाे।


चोरी भएको तीन वर्षसम्म पनि नभेटिएकाे मूल मूर्ति साेमबार दानसाँगुमा भेटिएकाे डिएसपी लाल बहादुर धामीले बताए।


मूर्ति चाेरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्त अनुसन्धान गरेकाे थियाे। लामाे समयकाे अनुसन्धानबाट नभेटिएकाे मुर्ति खेतकाे आलीमा बेवारिसे अवस्थामा फेला परेकाे प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको १८ किलाेकाे चाँदीको मूर्ति २०७३ मंसिर १२ गते खलङ्गाबाट हराएकाे थियाे।

प्रकाशित : माघ ६, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?