कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने कांग्रेसको तयारी 

काठमाडौँ — संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक रहेकी भुसाललाई उम्मेदवार बनाउने तय भएको कांग्रेस स्रोतले दाबी गरेको छ । 

सभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने कांग्रेसको तयारी 

संसदमा सभामुख निर्वाचनको प्रक्रिया सुरु भएपछि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी कांग्रेसको छ । सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । वरिष्ठ अधिवक्ता भुसालले यसअघि शिवमाया तुम्बाहाङ्फेसँग उसपभामुखमा प्रतिष्पर्धा गरेकी थिइन ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको उम्मेदवार उठाउने तयारीमा कांग्रेस रहेको बताए । ‘उम्मेदवार उठाउने तयारी पार्टीको छ, व्यक्ति कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा संसदमा सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपछि संसदीय दलको बैठक बसेर निर्णय हुन्छ,’ शर्माले इकान्तिपुरसित भने ।


कांग्रेसले यसअघि कृष्णबहादुर महरा सभामुखको उम्मेदवार हुँदा पार्टीका तर्फबाट उम्मेदवार बनाएको थिएन । महरा सालिन छवी र शान्तिप्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याएको व्यक्ति भन्दै कांग्रेसले उनका विरुद्ध उम्मेदवार उठाएको थिएन ।

प्रकाशित : माघ ६, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?