कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नपूर्ण पदमार्गमा हिमपहिरो : बेपत्ताकाे खोजी गर्न सेनाको हेलिकप्टर पठाइयाे

सुरज कुँवर

काठमाडौँ — अन्नपूर्ण आधारशिविर पदयात्राका लागि जाने क्रममा चार दिनदेखि हराइरहेका ४ कोरियाली र ३ नेपालीको खोजी गर्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर उडेकाे छ ।

अन्नपूर्ण पदमार्गमा हिमपहिरो : बेपत्ताकाे खोजी गर्न सेनाको हेलिकप्टर पठाइयाे

अन्नपूर्णको देरालीबाट हराइरहेका उनीहरुको खोजी गर्न गएको उक्त हेलिकप्टरमा नेपाली सेनाका ९ सैनिक, हिमालयन उद्धार एसोसियसनका एकजना गाइड, नेपाल पर्वतारोहण एसोसियसनका अध्यक्ष सन्तवीर लामा, टानका एक प्रतिनिधि र स्थानीय प्रतिनिधि छन् । हराइरहेका एकजना नेपाली गाइडका भाइसमेत हेलिकप्टरमा उद्धार टाेलीसँगै गएकाे पर्यटन विभागकी मिरा आचार्यले बताइन् ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सेना र हेलिकप्टरसहित खोजी गर्नका लागि आइतबार अनुरोध गरेको थियो ।

प्रकाशित : माघ ६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?