कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोसाइँकुण्ड हिँडेका दुई यात्री सम्पर्कविहीन, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

कृष्ण थापा

नुवाकोट — बाक्लो हिमपातका कारण गोसाइँकुण्ड पदयात्रामा निस्केका दुई यात्री दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र उनका साथी नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीबाट सम्पर्कविहिन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

गोसाइँकुण्ड हिँडेका दुई यात्री सम्पर्कविहीन, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

‘उनीहरु शुक्रबारसम्म एकजना दिदीको सम्पर्कमा थिए,’ प्रजिअ भण्डारीले भने, ‘त्यसपछि सम्पर्कमा आएका छैनन् ।’

जापानको दिदी सुस्मितासँग शुक्रबारसम्म सम्पर्कमा रहेको त्यसपछि सम्पर्कविहीन बनेको प्रजिअ भण्डारीले बताए । उनीहरु बेपत्ता भएपछि शनिबार एभरेस्ट एयरको हेलिकप्टरले खोजी गरे पनि पत्ता लाग्न नसकेको भण्डारीले बताए । ‘आज (आइतबार) बिहान पनि सिम्रिक एयरको हेलिकप्टरले खोजी गर्‍यौं,’ भण्डारीले भने, ‘पत्ता लागेको छैन ।’


उनीहरु सोमबार काठमाडौं हुँदै सिन्धुपाल्चोकको मेलम्चीबाट गोसाइँकुण्डतर्फ हिँडेका थिए । फेदीमा ४ फिट हिउँ परेको छ भने माइनस २१ डिग्री तापक्रम छ ।

नुवाकोट जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अबिनारायण काफ्लेले खोजीका लागि रसुवासँग समन्वय गरी शेर्पा सहितको नेपाल प्रहरी र सशस्त्र प्रहरी दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको जंगलमा परिचालन गरिएको बताए ।

प्रकाशित : माघ ५, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?