कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फर्जी’ नागरिकता पेस गर्ने पक्राउ

आश गुरुङ

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी बनाउनका लागि ‘फर्जी’ नागरिकता पेस गर्ने युवक पक्राउ परेका छन् । ‘फर्जी’ नागरिकता पेस गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–२ मालिङका सुभाष लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘फर्जी’ नागरिकता पेस गर्ने पक्राउ

मालिङ गाविस–६ ठेगाना उल्लेख गरी बनाइएको नागरिकता शंकास्पद देखिएपछि प्रशासनले बरामद गरेको थियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा लामाका नाममा रहेको नागरिकता ‘फर्जी’ भेटिएको बताए । उनका अनुसार नागरिकता २०७४ पुस १७ मा जारी भएको नागरिकता प्रमाणपत्रको कोड ४५ (लमजुङ) हुनुपर्नेमा ४४ छ । उक्त कोड गोरखाको हो ।


२०७४ वैशाख ३१ गते स्थानीय तहको चुनावपछि गठन गरिएको स्थानीय तहपछि तत्कालीन मालिङ गाविस क्व्होलासोंथर गाउँपालिका–२ भएको छ । स्थानीय तहको निर्वाचन भएको ९ महिनापछि बनाइएको नागरिकतामा पुरानै ठेगाना कायम छ । नागरिकतामा प्रशासकीय अधिकृत भनी डिल्लीप्रसाद श्रेष्ठको हस्ताक्षर छ ।


नागरिकतामा प्रशासनको छापसमेत अशुद्ध रहेको प्रजिअ खड्काले बताए । औंठाछापको ठाउँमा समेत खाली रहेको उनले बताए । ‘नागरिकतामा ६ गल्ती भेटिएको छ । त्यसैले नागरिकता बरामद गरी युवकलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रवीन्द्रमान गुरुङले बताए । ‘लामाविरुद्ध लिखतसम्बन्धी कसुर मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।


प्रारम्भिक अनुसन्धानका क्रममा लामाले भारतको सिलङमा भारतीय सैनिकमा भर्ती हुन गएको र फर्काउने क्रममा यो नागरिकता फिर्ता दिएको बताएका छन् । तर लामाले आफ्नो नागरिकता बिक्री गरी ‘फर्जी’ लिएको प्रहरीको आशंका छ ।

प्रकाशित : माघ ४, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?