कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा ४ चिनियाँ सम्पर्कविहीन

पोखरा — राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएकोमा अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता पनि नभएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मनाङ निस्याङ गाउँपालिका–९ मा रहेको कार्यालयलाई उद्धृत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले यो जानकारी गराएको हो ।


प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार हृवाङ यिविन, क्याटसियु टिङ र मा क्अिान्ली र अन्वद झाड सम्पर्कविहीन भएका हुन् । घटनाबारे थाहा पाउनसाथ हुम्दे प्रहरी चौकीबाट प्रहरी खटाइएको रेग्मीले बताएका छन् ।

प्रकाशित : माघ ४, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?