कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम सरकारको खर्च : ६ महिनामा १० प्रतिशत मात्रै 

मोहन बुढाएर

धनगढी — सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको  ६ महिनामा १०.१८ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शनिबार गरेको पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७६/०७७ को कुल बजेट २८ अर्व १६ करोड २० लाख ३५ मध्ये अहिलेसम्म १ अर्व ३४ करोड ५२ लाखमात्रै खर्च भएको जानकारी दिएको हो । 

सुदूरपश्चिम सरकारको खर्च : ६ महिनामा १० प्रतिशत मात्रै 

चालू र पुँजीगत तर्फ लगभग बाराबरै खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याकमा उल्लेख छ । चालूतर्फको विनियोजित कुल बजेटमा १ अर्व ५२ करोड २९ लाख ८२ हजार र पुँजीगत तर्फ पनि १ अर्व ८६ करोड ८२ लाख ७५ हजार खर्च भएको छ । जुन विनियोजनको तुलनामा १०.१८ प्रतिशत छ । अर्थ मामिला मन्त्री झपट बोहराले गत आर्थिक बर्षको यो अवधिमा भएको खर्चको तुलनामा बढी प्रगती भएको दावी सम्मेलनमा गरे ।


उनले चालु आर्थिक वर्षमा पुस मसान्तसम्मको खर्च गत आर्थिक वर्षको तुलनामा २३९ प्रतिशत बढि भएको बताए । आर्थिक वर्ष २०७५/०७६ मा यही अवधिमा साढे ४ प्रतिशत प्रगती भएको थियो । चालु आर्थिक वर्षको राजश्व लक्ष्य ८८ करोड ६४ लाख ७२ हजार रहेकोमा ४० करोड ७ लाख ९३ हजार प्रगती गरेको रावलले बताए । मन्त्री बोहराले भने, ‘प्रदेशको क्षेत्राअधिकार भित्र रहेको राजश्व संकलनमा लगभग ४९ लक्ष्य हासिल गरेका छौ ।’ सम्मेलनमा सार्वजनिक गरिएको तथ्यांकमा ६ महिनामा सवैभन्दा धेरै प्रदेश सभाले खर्च गरेको छ । प्रदेश सभाले पुजीगत तर्फ २० र चालूतर्फ ३६ प्रतिशत रकम खर्च गरेको छ ।


मुख्य मन्त्री कार्यालयले सवैभन्दा कम ३.४ प्रतिशतमात्रै खर्च गरेको छ । धेरै बिकासे योजना रहेको भौतिक तथा समाजिक बिकास मन्त्रालयले पुँजी र चालु दुवैतर्फको कुल १४ र १३ प्रतिशत रकममात्रै खर्चेको छ ।

मन्त्री बोहराले वित्तिय प्रगतीमा कम देखिए पनि भौतिक प्रगती धेरै भएको दावी गरे । ‘भौतिक प्रगती बढी भएको छ’ उनले भने, ‘रकम भुक्तानी हुन बाँकी रहेकोले वित्तिय प्रगती कम देखिएको हो ।’

प्रकाशित : माघ ४, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?