कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थलको ‘रनवे लाईट’ बिग्रिएपछि उडान रद्द

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्गमा रहेको रनवे लाईट बिग्रिएपछि शुक्रबार साँझका सबै उडान रद्द भएका छन् । साँझपख काठ्माडौंबाट हुनुपर्ने ४ वटै उडान रोकिएका हुन् । 

‘पुरानो संरचनागत बत्ती भएकाले समस्या आयो ।,’ विमानस्थलका प्रमुख तथा निर्देशक टेकराज पोख्रेलले भने, ‘मौसम खराबीका कारण बिहीबार परेको चट्याङलेसमेत असर पारेको आशंका छ । उनले के कारणले बत्ती गयो भन्ने कुरा यकीन गर्न नसकिएको बताए । विमानस्थलका प्राविधिकले मर्मतको काम गरेपनि डबल फेजमा आउनुपर्ने करेन्ट सिंगल फेजमा मात्र आएकाले मर्मत पूरा नभएको उनले जानकारी दिए । यसकारण विमान असुरक्षित हुने देखिएपछि रद्द गरिएको उनले जनाए । शनिबार बिहानैबाट प्राविधिकसहितको विज्ञ टोलीले काम गर्ने र उडान भर्नेमा विश्वस्त रहेको पोख्रेलले बताए ।

प्रकाशित : माघ ३, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?