कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई सन्तानसहित दम्पती त्रिशूलीमा हामफाले, श्रीमतीको मृत्यु, श्रीमान्‌को उद्धार, दुई बालक बेपत्ता

श्रीमानको उद्धार , नाबालक बेपत्ता 

धादिङ — बेनिघाटको बाँदरेस्थित झोलुंगेपुलबाट दुई सन्तानसहित दम्पतीले त्रिशूलीमा हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने दुई बालक बेपत्ता छन् । ३५ वर्षीय विनय रेग्मीको उद्धार गरिएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ थानकोट घर भएका रेग्मी गजुरीस्थित आदमघाटमा रहेको ससुराली आएका थिए । ३२ वर्षीया श्रीमती जमुना, दुई वर्षीय र ६ महिने छोरासहित उनले बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीको भनाइ छ ।


त्रिशूलीको जलयात्रा गर्ने टोलीसँग रहेको उद्धार टोलीले विनयको उद्धार गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । जमुनाको शव पनि घटनास्थलनजिकै फेला परेको थियो । दुवै बालक बेपत्ता छन् ।

प्रकाशित : माघ २, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?