गोकर्ण रिसोर्टको म्याद थप गर्नुको कारण खोल्न सर्वोच्चको आदेश

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ । गोकर्ण फरेष्ट रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी छँदै थप २५ वर्ष अवधि थप्ने निर्णयबारे कारण देखाऊ आदेश जारी गरेको हो ।

ZenTravel

न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि खोजेको छ। सरकारले गैरकानूनी रुपमा गोकर्ण फरेष्ट रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

Meroghar

निवेदनमा उनले सार्वजनिक खरिद ऐन मिचिएकाले सरकारले गरेको निर्णय अनुसार लिज सम्झौता अघि नबढाउन आदेशको माग गरेका छन्। अनि जंगल क्षेत्रमा थप निर्माण गर्न नदिन आदेशको माग गरेका छन्।

यो पनि पढ्नुहोस्ः
गोकर्ण जग्गाको निर्णय बचाउमा सचिव

प्रकाशित : पुस २९, २०७६ १७:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चुरे दोहन नरोकिए मधेस मरुभूमि बन्छ : मुख्यमन्त्री राउत   

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले चुरे दोहन नरोकिए मधेसको जग्गा मरभूमि बन्ने बताएका छन् । अहिले चलिरहेको बालुवा, गिट्टी संकलन तथा चरिचरणलगायत गतिविधिमाथि रोक नलगाए, अन्नको भकारी भनिने मधेसको जग्गा मरुभूमिमा परिणत मुख्यमन्त्री राउतले बताए । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान तथा निती अनुसन्धान प्रतिष्ठानले मंगलबार जनकपुरमा संयुक्त आयोजना गरेको ‘जलवायु परिर्वतन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक गोष्ठीमा मुख्यमन्त्री राउतले माथिल्लो तहको मिलेमतोमा बर्षौदेखि चुरे दोहन भइरहेको बताए ।

उनले भने– ‘तल देखि माथिसम्मको मिलिमतोमा वर्षौदेखि चुरे दोहन हुदैँ आएको छ । मुलुक संघीयतामा गयो तर चुरे दोहन रोकिएको छैन ।’

माथिल्लो तहको सेटिङमा टिपर लगाएर खोला तथा नदी उत्खनन गराउने काम भइरहेको उनको भनाइ थियो ।
तराई मधेसमा वर्षेनी आउने बाढी, कटान तथा मरुमूमिकरण चुरे दोहनकै कारण भएको भन्दै मुख्यमन्त्री राउतले संघीय सरकारले चुरे संरक्षणलाई बेवास्ता गरेको आरोप लगाए ।

संघीय सरकार मधेसका वन जंगल तथा प्राकृतिक सम्पदाहरुको संरक्षणलाई वेवास्ता गरेको आरोप लगाउदै उनले निगम बनाएर बिक्री गर्न लागेको सागरनाथ वनलाई प्रदेश सरकारले फिर्ता लिएको बताए ।

प्रकाशित : पुस २९, २०७६ १७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×