कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे दोहन नरोकिए मधेस मरुभूमि बन्छ : मुख्यमन्त्री राउत   

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले चुरे दोहन नरोकिए मधेसको जग्गा मरभूमि बन्ने बताएका छन् । अहिले चलिरहेको बालुवा, गिट्टी संकलन तथा चरिचरणलगायत गतिविधिमाथि रोक नलगाए, अन्नको भकारी भनिने मधेसको जग्गा मरुभूमिमा परिणत मुख्यमन्त्री राउतले बताए । 

चुरे दोहन नरोकिए मधेस मरुभूमि बन्छ : मुख्यमन्त्री राउत   

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान तथा निती अनुसन्धान प्रतिष्ठानले मंगलबार जनकपुरमा संयुक्त आयोजना गरेको ‘जलवायु परिर्वतन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक गोष्ठीमा मुख्यमन्त्री राउतले माथिल्लो तहको मिलेमतोमा बर्षौदेखि चुरे दोहन भइरहेको बताए ।


उनले भने– ‘तल देखि माथिसम्मको मिलिमतोमा वर्षौदेखि चुरे दोहन हुदैँ आएको छ । मुलुक संघीयतामा गयो तर चुरे दोहन रोकिएको छैन ।’


माथिल्लो तहको सेटिङमा टिपर लगाएर खोला तथा नदी उत्खनन गराउने काम भइरहेको उनको भनाइ थियो ।

तराई मधेसमा वर्षेनी आउने बाढी, कटान तथा मरुमूमिकरण चुरे दोहनकै कारण भएको भन्दै मुख्यमन्त्री राउतले संघीय सरकारले चुरे संरक्षणलाई बेवास्ता गरेको आरोप लगाए ।


संघीय सरकार मधेसका वन जंगल तथा प्राकृतिक सम्पदाहरुको संरक्षणलाई वेवास्ता गरेको आरोप लगाउदै उनले निगम बनाएर बिक्री गर्न लागेको सागरनाथ वनलाई प्रदेश सरकारले फिर्ता लिएको बताए ।

प्रकाशित : पुस २९, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?