कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका लागि भारतका नयाँ राजदूत विनयमाेहन क्‍वात्रा

अनिल गिरी

काठमाडौँ — भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो ।

नेपालका लागि भारतका नयाँ राजदूत विनयमाेहन क्‍वात्रा

विनयमाेहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन् । उनी भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत छन् ।

नेपालका लागि भारतीय राजदूत सिफारिस भएका उनले यसअघि प्रधानमन्त्री कार्यालयमा सहसचिव तथा विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै काठमाडौंमा रहेर उनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयाेग संगठन (सार्क) सचिवालयकाे निर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।

भारतीय पक्षले सोमबार नयाँ राजदूतका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रालयले कान्तिपुरलाई जानकारी दियो । ‘भारतका नयाँ राजदूत क्वात्राको नाम अग्रिमोका लागि हामी कहाँ आइसकेको छ,’ परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले भने ।

क्वात्रा फेब्रुअरीको पहिलो हप्ता काठमाडौं आइपुग्ने बताइएको छ ।

प्रकाशित : पुस २९, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?