चिनियाँ विदेशमन्त्री वाङले काठमाडौंको हालैको राजनीतिक विकासक्रम र त्यसमा पश्चिमा मुलुकहरूको भूमिकाबारे चीनको बुझाइतर्फ संकेत गर्दै टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो हुने बताएका छन् ।
तीनदिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने (३१ जेठ–३ असार) भ्रमणका लागि बेइजिङ जाने भएका हुन् ।
भारत भ्रमणलगत्तै हुन लागेको चीन भ्रमणका दौरान द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने तथा कनेक्टिभिटी र विकास परियोजनाहरूलाई अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
कूटनीतिक स्रोतहरूका अनुसार खनाल र भारतीय समकक्षी एस जयशंकरबीचको छलफलमा सीमा विवाद प्रमुख रूपमा उठेको थियो ।
विकास साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो।
नेपालको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट १३ राजदूत पदका लागि आवेदन माग्दा करिब ३ हजार आवेदन परेका छन्, दोहोरिएका आवेदन हटाउने तयारी भइरहेको छ।
दिल्लीस्थित नेपाल मामिलाका जानकारहरूका अनुसार लामिछानेको भ्रमणमार्फत भारतले प्रधानमन्त्री शाहलाई नेपाली नेताहरूसँग संवादका लागि आफूसँग विभिन्न विकल्प र माध्यम रहेको सन्देश दिएको छ।
मोदीले लामिछानेलाई भनेका थिए- ‘तपाईंहरू पहिले आफ्नो प्राथमिकता तय गर्नुहोस्, हामी त्यसमा हरसम्भव सहयोग गर्छौं ।’
मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा लिपुलेक–लिम्पियाधुरा मामिलामा ‘इंग्ल्यान्ड’ (बेलायत) ले पनि सरोकार राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए।