कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५  प्रतिनिधिले द्वन्द्वपीडितको गुनासो सुन्न नसक्ने भन्दै प्रदर्शन 

काठमाडौँ — हजारौ‌ंको संख्यामा रहेका द्वन्द्वपीडितहरुका समस्या हरेक प्रदेशबाट ५ जना प्रतिनिधिले सुन्न नसक्ने भन्दै 'द्वन्द्वपीडित साझा चौतारी'ले विरोध जनाएको छ । द्वन्द्वपीडितको छाता संगठन चौतारीले सोमबार माइती घर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

५  प्रतिनिधिले द्वन्द्वपीडितको गुनासो सुन्न नसक्ने भन्दै प्रदर्शन 

सत्य निरुपण तथा मेलमिलाप आयोगले सोमबार सातै प्रदेशमा द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न परामर्श गरिरहेको छ । जसमा हरेक प्रदेशबाट ५ जना प्रतिनिधिलाई सहभागी छन् ।

पारदर्शी परामर्श प्रक्रिया अवलम्बनका लागि खबरदारी गरिएको द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले बताए । अध्यक्ष चौधरीले परामर्श कार्यक्रम देखावटी मात्र भएको आरोप लगाए । पीडितसँग भेटेर छलफल गर्नुपर्ने उनको भनाइ छ । सरकारले पीडितका समस्या सुन्ने धैर्य नगरेको आन्दोलनकारीको आरोप छ ।


विरोध प्रदर्शनका सहभागीले हजारौं पीडितका समस्याको समाधान ५ जना प्रतिनिधिले सम्बोधन गर्न नसक्ने बताएका छन् ।


सरकारले विधेयक निर्माण गर्दा आफूहरुको कुरा नसुनेको आरोप उनीहरुको छ । मानव अधिकारसम्बद्ध अन्तर्राष्ट्रिय संघससंस्थाले समेत विश्वयापी मापदण्ड र सर्वोच्च अदालतको फैसलाको मर्मविपरीत नहुने गरी विधेयक तयार गर्न राज्य पक्षलाई सुझाव दिए पनि त्यो नमानेको चौधरीले बताए ।


गैरन्यायिक हत्या, अपहरण, व्यक्ति बेपत्ता पार्ने, बलात्कारका घटनामा क्षमादान दिन नसक्ने गरी कानुन संशोधन गर्न सर्वोच्च अदालते आदेश दिइसकेको छ ।

प्रकाशित : पुस २८, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?