कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चले जघन्य अपराधका आरोपितलाई छाड्ने आदेशको प्रतिवेदन माग्यो

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले अपहरण, मानव बेचविखन अनि डकैतीको मुद्दामा आरोपितलाई धरौटीमा छाड्ने उच्च अदालतको नेपालगञ्ज इजलाससँग ‘कैफियत प्रतिवेदन’ मगाएको छ ।

सर्वोच्चले जघन्य अपराधका आरोपितलाई छाड्ने आदेशको प्रतिवेदन माग्यो

उच्च अदालतको नेपालगञ्ज इजलासले गत पुस १० गते आरोपितहरुलाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । न्यायाधीशद्वय पवनकुमार शर्मा न्यौपाने र ऋषिप्रसाद अधिकारीको इजलासको आदेश गलत भएको भन्दै महान्यायाधीवक्ता कार्यालयले त्यसको बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

निवेदनको सुनुवाई गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उच्च अदालतको नेपागञ्ज इजलासले गरेको आदेशको आधार र कारण खुल्ने प्रतिवेदन माग गरेको हो ।


अब प्रतिवेदन आएपछि उच्च अदालतको आदेशको धरातल र कानूनी आधारको परिक्षण हुनेछ । उच्च अदालतको आदेशका कारण निजामुद्दिन र मुबारक भन्ने व्यक्ति थुनामुक्त भइसकेका छन् ।


प्रकाशित : पुस २८, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?