कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महरा प्रकरण : पीडितको स्वास्थ्य परीक्षण र बकपत्र गर्नेलाई उपस्थित गराउन अदालतको आदेश

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

महरा प्रकरण : पीडितको स्वास्थ्य परीक्षण र बकपत्र गर्नेलाई उपस्थित गराउन अदालतको आदेश

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त घटनाका प्रमाणको प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारी र घटना विवरणको कागज गर्ने व्यक्तिहरूलाई पनि बयानका लागि इजलास समक्ष उपस्थित गराउन आदेश दिइएको छ ।

सभामुख पदमा रहेका महराले गत असोज १२ गते साँझ आफूलाई बलात्कार प्रयास गरेको ती कर्मचारीले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त आरोप लागेपछि असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए । उनलाई असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएको थियो ।

महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

उच्च अदालत पाटनले पुस ३ गते महराको मुद्दालाई १ महिनाभित्र अन्तिम फैसला गर्न जिल्ला अदालत काठमाडौंलाई भनेको छ ।

प्रकाशित : पुस २७, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?