कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्देशन पालना गर्नुपर्छ : झलनाथ खनाल

बबिता शर्मा

काठमाडौँ — नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले दिएको निर्देशन पालना गर्नुपर्ने बताएका छन् ।

उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्देशन पालना गर्नुपर्छ : झलनाथ खनाल

पार्टीले नै निर्णय गरेर तुम्बाहाङ्फेलाई उपसभामुख बनाएको भन्दै नेता खनालले तुम्बाहाङ्फेले पार्टीको निर्देशन मान्नु पर्ने बताएका हुन् ।‘कोही पनि व्यक्ति पार्टीभन्दा माथि हुँदैन । पार्टीले गरेका निर्णयलाई सर्वोपरी राख्नुपर्ने हुन्छ । कहिलेकाँही विभिन्न पदहरुमा रहँदा पार्टी सदस्यबाट राजीनामा दिनुपर्छ । तर त्यस्तो अवस्थामा पनि पार्टीकै मातहतमा रहेर काम गरेको छु र त्यो पद प्राप्त गरेको पनि पार्टीको कारणले हो भन्ने भुल्नु हुदँदैन,’ नेता खनालले इकान्तिपुरसँग भने, ‘त्यसकारण अहिले पार्टीले जे निर्देशन दिएको छ, शिवमाया तुम्बाहाङ्फेले पालना गर्नुपर्छ ।’

नेता खनालले उपसभामुख तुम्बाहाङ्फेले पार्टी निर्णय नमाने पनि अब संसदको प्रक्रिया नरोकिने बताए । ‘अहिले राजीनामा गर्दिनँ भने पनि उहाँले समय माग्नु भएको छ । त्यो समय हामीले दिएका छौं । संसद अधिवेशन पनि केही दिन पर सरेको छ । योबीचमा उहाँले गम्भीरतापूर्वक सोचेर पुर्ननिर्णय गनुहुन्छ । उहाँको राजीनामा आए त्यही ढंगले अगाढी बढ्छौं, नआए पनि अब प्रक्रिया स्थगित हुँदैन,’ खनालले भने ।

शनिबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर, उनले राजीनामा नदिने अडान दोहोर्‍याएपछी आईतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल साथै महासचिव विष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर पार्टी निर्णयबारे जानकारी दिएका थिए । त्यहा पनि उनले राजीनामा नदिने बरु आफूलाई केही समय दिन आग्रह गरेकि छिन् । उनले समय मागेपछि अध्यक्षद्वयले संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए । त्यसलगत्तै उनले सूचना टाँसेर माघ ६ गतेसम्मका लागि संसद बैठक स्थगित गरेकि हुन् ।

प्रकाशित : पुस २७, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?