कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना प्रविधि विधेयक लोकतन्त्र र विधिको शासन विरुद्धमा : कोइराला 

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारले ल्याउन लागेको ‘सूचना प्रविधि विधेयक’ लोकतन्त्र तथा विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यता विपरित रहेको बताएका छन् । संविधानले ग्यारेन्टी गरेका नागरिकका विचार अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउन लागेको विधेयक स्वीकार्न नसकिने कोइरालाले बताएका छन् ।

सूचना प्रविधि विधेयक लोकतन्त्र र विधिको शासन विरुद्धमा : कोइराला 

कोइरालाले आइतबार जारी गरेकाे विज्ञप्तिमा सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक सञ्जालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिस्ट, व्यंग्यकार र सर्वसाधारणलाई जेल हाल्ने कानुन ल्याइनु सर्वसत्तावादको पूर्वाभ्यास भएको उल्लेख छ ।

‘लोकतन्त्रिक गणतन्त्र कमजोर बनाउने कार्य जो कोहीबाट भए पनि त्यसको सशक्त प्रतिकार नेपाली कांग्रेसले गर्छ । नागरिक समाज, बुद्धिजिवी, पेशागत संघ संस्थालगायत सम्पूर्ण नागरिक विधेयकका विरुद्धमा एक भएर उभिनुको विकल्प छैन्,’ कोइरालाले विज्ञप्तिमा भनेका छन् ।

प्रस्तावित विधेयक तत्काल फिर्ता लिन कोइरालाले सरकारलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित : पुस २७, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?