दाहालले भने, 'विप्लवहरु एकतामा आउनुहुन्छ तर ढिला भयो भने फाइदा गर्दैन'

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । 

पार्टी कार्यालय धुम्रबराहमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरेका हुन् ।

दाहालले भने, 'विप्लवहरु एकतामा आउनुहुन्छ तर ढिला भयो भने फाइदा गर्दैन'

नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, 'साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।'


अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनको सुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उनले अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताए । अध्यक्ष दाहालले भने, 'विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।'


अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।

प्रकाशित : पुस २६, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?