सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

विप्लव महर्जन

सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ कोलखोला भाटमारमा गयराती भएको ट्रक दुर्घटनामा चालकको निधन भएको छ । 

सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सल्लीबजार–चौरजहारी सडकखण्डमा भएको दुर्घटनामा ना ४ ख ८८७० नम्बरको ट्रकका चालक सुर्खेत भेरिगंगा नगरपालिका छिन्चुमदन चौरका वर्ष ३५ का रबिन बिकको घटनास्थलमै मृत्यु भएको हो ।

चौरजहारी मैलेनाउलीमा निर्माणाधिन पक्की पुलको सामान लिएर गएको ट्रक सडकदेखि सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । तिब्र गतिका कारण अनियन्त्रित भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने खतिवडाले बताए ।

छिन्चु चौरजहारी सडकमा दुई दिन अघि मात्र सुर्खेतबाट जाजरकोट जादै गरेको हाईस(फोर्स) बन्गाड कुपिण्डे नगरपालिकाको बालुवा संग्रही नजिकै दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित : पुस २६, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?