नेकपा, कांग्रेससहित ६ दलद्वारा प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने संयुक्त प्रस्ताव दर्ता 

सुवास विडारी

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने नेकपा, कांग्रेससहित ६ दलले प्रदेश सभामा संयुक्त प्रस्ताव दर्ता गरेका छन् । ती दलहरुले शनिबार प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपा, कांग्रेससहित ६ दलद्वारा प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने संयुक्त प्रस्ताव दर्ता 

स्थायी राजधानी हेटौंडालाई कायम गर्ने प्रस्तावकमा प्रदेश ३ का मुख्यमन्त्री रहेका नेकपा नेता डोरमणि पौडेल छन् भने कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ छन् ।


वाग्मती नाम राख्नु पर्नेमा कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक, समर्थकहरुमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य छन् ।


नेमकिपा भने मौन देखिएको छ । उसको प्रदेशसभामा २ सांसद छन् ।


दर्ता भएको स्थायी राजधानीको स्थान र नामबारे आजै दिउँसो १ बजेबाट बस्ने प्रदेशसभा बैठकमा छलफल प्रारम्भ हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशसभा दर्ता भएको स्थान र नामको विषयमा सदनमा छलफल सकिएपछि आइतबार निर्णयार्थ पेस सचिवालयले जनाएको छ ।


यसअघि सदनमा गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम प्रदेशसभा सदस्यहरुले दर्ता गराएका थिए ।

प्रकाशित : पुस २६, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?