कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्राउ परेका १२२ चिनियाँको 'ट्राभल डकुमेन्ट' जारी, अध्यागमनमा पठायो दूतावासले औपचारिक विवरण

मातृका दाहाल

काठमाडौँ — काठाडौंबाट पुस ७ गते पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक फिर्ता लैजान चीनले ‘ट्राभल डकुमेन्ट’ जारी गरेको छ । सोमबार नेपालस्थित चिनियाँ राजदूतावासले भीसा भएका ३० सहित सबै चिनियाँको राहदानी रद्द गर्दै ट्राभल डकुमेन्ट जारी गरेको हो ।

पक्राउ परेका १२२ चिनियाँको 'ट्राभल डकुमेन्ट' जारी, अध्यागमनमा पठायो दूतावासले औपचारिक विवरण

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ दूतावासबाट पक्राउ परेकालाई निष्कासन गर्न आवश्यक पर्ने कानुनी कागजातहरु आइपुगेको बताए । ‘भीसा भएका ३० सहित पक्राउ परेका सबै चिनियाँलाई निष्कासन गर्न चिनियाँ राजदूतावासबाट ट्राभल डकुमेन्ट विभागमा आइसकेको र अहिले यसको रुजु गर्ने काम भइरहेको छ,’ पौडेलले कान्तिपुरसँग भने, ‘उनीहरुलाई कसुर अनुसार जरिवाना गराएर केही दिनमै डिपोर्ट गरिने छ ।’

आइतबार जिल्ला प्रशासन कार्यालयले प्रहरी हिरासतमा रहेका सबै चिनियाँलाई अभद्र व्यवहारको कसुरमा दोषी देखाउँदै जनही १ हजार रुपैँया जरिवाना गराएको थियो ।

प्रकाशित : पुस २१, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?