कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केयूमा अनिश्चितकालीन तालाबन्दी, परीक्षा स्थगित 

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू)का प्राध्यापक र कर्मचारीले केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । यसअघिका आन्दोलनमा प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका उनीहरुले सम्झौता कार्यान्वयन नभएको भन्दै सम्पूर्ण कार्यालयमा तालाबन्दी गरेको प्राध्यापक संघका पूर्व सभापति विभूतीरञ्जन झाले बताए ।

केयूमा अनिश्चितकालीन तालाबन्दी, परीक्षा स्थगित 

केन्द्रीय हाताभित्रका डीन कार्यालयहरु, परीक्षा नियन्त्रकको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनहरुमा भएको तालाबन्दीका कारण भोलि(बुधबार) हुने परीक्षा स्थगित गरिएको सूचना परीक्षा नियन्त्रकको कार्यलयले जारी गरेको छ । विज्ञान र इन्जिनियरिङ संकायका स्नातक तहका आंशिक परीक्षा सञ्चालन हुँदै थिए । यसअघि पनि आन्दोलित शिक्षक विश्वविद्यालयले लिएको परीक्षामा सहभागी नभएपछि विधार्थीलाई नै निरीक्षक राखेर परीक्षा सञ्चालन गरिएको थियो ।


विश्वविद्यालय सभा र कार्यकारी परिषद्मा सहभागी गराउने पूर्वसहमति विपरीत प्रशासनले वेवास्ता गरेको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलनमा छन् । विश्वविद्यालय सभामा सहभागी गराएपनि बोल्न समेत नदिएको भन्दै प्राध्यापकहरु आक्रोशित छन् ।


‘सिनेटमा सहभागी गरायो तर आफ्ना कुरा राख्न हात उठाउँदा समेत बोल्न नदिएर अपमान गर्यो,’ झाले भने, ‘भदौ ३० को सम्झौता अक्षराशं पालना नभएसम्म आन्दोलन जारी राख्छौं ।’ विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा संघले भ्रष्टाचारमा संलग्नलाई आवश्यक छानबिन गरी कारबाही गर्न माग गर्दा पनि कारबाहीको साटो संरक्षण गरेको, संघसँग विभिन्न समयमा भएका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित छन् ।


४० दिनको निरन्तर तालाबन्दीपछि भदौ ३० गते भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एक/एकप्रतिनिधि आमन्त्रित गर्ने सहमति भएको थियो ।


दुवै संस्थासँग गरेका सम्झौताका बुँदाहरु कार्यकारी परिषद्ले स्वामित्व ग्रहण गरिसकेको अवस्थामा विश्वविद्यालय व्यवस्थापनले सहमति उल्लंघन भएको भएको थियो । २५ औं दिक्षान्त अन्तर्गतको पहिलो चरणको कार्यक्रमअघि बसेको सभामा प्राध्यापकका प्रतिनिधि सहभागी थिएनन् ।

प्रकाशित : पुस १५, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?