कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु किसानको आन्दोलनमा कांग्रेसकाे समर्थन

काठमाडौँ — प्रतिपक्षी कांग्रेसले उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाएपछि काठमाडौं आएर आन्दाेलन गरिरहेका किसानकाे मागमा समर्थन जनाएकाे छ । 

उखु किसानको आन्दोलनमा कांग्रेसकाे समर्थन

कांग्रेस संसदीय दलले उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना हुनु लज्जास्पद भन्दै आन्दाेलनमा समर्थन गर्ने बताएको छ ।


प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा किसानले उठाएका मागप्रति दलको पूर्ण समर्थन रहेको उल्लेख छ ।

‘उखु बेचेको भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच भएको सहमति कार्यान्वयन नहुनु दुःखद छ । आफ्नो उत्पादन बिक्रीको भुक्तानी पाउन काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन छ । लामो समयदेखि ध्यानाकर्षण गराउँदा सरकार उदासिन हुनु, लज्जास्पद विषय हो । किसानका माग तत्काल सम्बोधन गर्न सरकारले विशेष पहल गरी तथा आवश्यक प्रकृया अगाडि बढाओस् भन्ने माग कांग्रेस संसदीय दल गर्दछ ।’

उखु बेचेबापतको भुक्तानी नपाएपछि अहिले किसानहरु काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : पुस १५, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?