कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

कारागार प्रशासनविरुद्ध कैदी आन्दोलित

कारागारभित्र गाँजा र रक्सी बिक्री हुने गरेको आरोप 

दोलखा — जिल्ला कारागारमा कैदीबन्दीले कारागार प्रशासनविरुद्ध आन्दोलन थालेका छन् । कारगारभित्र अवैध गाँजा, रस्सीको व्यापार, गुणस्तरहीन खाना र रकम ठगेको आरोपसहित कैदीबन्दीहरुले प्रशासनविरुद्ध बहिष्कार आन्दोलन थालेका हुन् ।

कारागार प्रशासनविरुद्ध कैदी आन्दोलित

कारागार नियम अनुसार आधा कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई चौकीदार, मूल नाइके र नाइकेको उपाधी दिएर उनीहरुलाई व्यवस्थापन, रेखदेख र किनमेल गर्न वाहिर घुम्न पाउनेसम्म छुट हुन्छ ।


जिल्ला कारागारका तिनै चौकीदार, मूल नाइके र नाइकेहरुले शोषण गरेको भन्दै कैदीबन्दीले बहिष्कार आन्दोलन थालेका हुन् । कैदीहरुले जेलभित्र छिर्ने मुलढोकामा आइतबार विहान नारावाजी गरेका थिए ।


सुरक्षाकर्मीसमेत पस्न नदिन उनीहरुले दोस्रो मूलढोकाको तालामाथि अर्को ताला थपेका छन् । असुरक्षा बढेपछि चौकीदार र नाइकेहरुलाई सुरक्षाकर्मीको सुरक्षामा राखिएको छ ।


कैदीहरुले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासमक्ष चौकीदार र नाइकेहरुलाई अर्को जेल सरुवा नगरेसम्म आन्दोलन जारी राख्ने जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माले आन्तरिक प्रशासनका कैदीबन्दीहरुबाट रासन र सुविधामा ठगिएको भन्दै नारावाजी भएको जानकारी दिए ।


जेलभित्र गाँजा र रक्सीको व्यापार कसरी हुन्छ भन्ने प्रश्न कैदीहरुले गरेका छन् । विकृतिबारे बोलेमा चौकीदार र नाइकेहरुले कोठामा लगेर कुट्ने भएकाले असरक्षित भएको गुनासो कैदीहरुको छ ।


दोलखाका प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले गाँजा र रक्सीको प्रयोग जेलभित्र हुने विषय गम्भीर भएकोले छानबीन गरिने बताए । गमला र स साना प्रयोगका सामान बनाउन वोतलहरु लैजान दिइएको अनुमतिको फाइदा उठाउदै रक्सीका साथै गाँजा भित्रिएको अनुमान प्रहरीको छ ।


कैदीले थाङ्कालगायतका वस्तु बेचेर कमाएको पैसासमेत नाइके र चौकीदारले लुटेको दुःखेसो कैदीको छ । प्रजिअ शर्माले कारागाभित्रको घटना कारागार व्यवस्थापन विभाग केन्द्रमा लेखि पठाएर आउने निर्देशन अनुरुप कारवाही गरिने बताए ।

प्रकाशित : पुस १३, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?