कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले सरकारी निकायलाई पार्टीकरण गर्न खोजे : देउवा 

श्यामसुन्दर शशि

(सबैला) जनकपुर — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सरकारी निकायलाई पार्टीकरण गर्न तल्लीन रहेको आरोप लगाएका छन् । जनकपुरका पार्टी नेता बलराम नायकको श्रदाञ्जली सभामा सहभागि हुन धनुषाको सबैला आएका सभापति देउवाले ओली नेतृत्वको सरकारले लोकतान्त्रिक बाटो विराएको आरोप लगाए ।

ओलीले सरकारी निकायलाई पार्टीकरण गर्न खोजे : देउवा 

‘शाही कालमा जस्तै अहिले सरकारले सरकारी संस्थालाई नियन्त्रण गर्दैछ,’ देउवाले भने, ‘सरकारी निकाय पार्टीकरण भइरहेका छन् ।’


उनले कांग्रेसभित्र एकताको विकल्प नरहेको बताए । ‘नेपाली कांग्रेसभित्र एकताको विकल्प छैन । हामी मिलेपछि कुनै शक्तिले कांग्रेसलाई हल्लाउन सक्दैन,’ देउवाले भने ।


कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओली सरकारले नेपाललाई कम्युनिस्टिकरण गर्न खोजेको आरोप लगाए । ‘ओली सरकारले मुलुकलाई कम्युनिस्टिकरण गर्न खोज्दैछ,’ निधिले भने ।


१९९० कार्तिक १ गते पूर्वी धनुषाको सबैलामा जन्मिएका कांग्रेस नेता नायकको गत मंसिर ३० गते ८७ वर्षको उमेरमा निधन भएको थियो । नायकले २०१५ सालमा तत्कालीन महोतरी कांग्रेसको सचिवको रुपमा काम गरेका थिए ।

प्रकाशित : पुस १२, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?