कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर बोकेको गाडी दुर्घटना, चालक र सहचालकको मृत्यु

कृष्ण थापा

नुवाकोट — काठमाडाैंकाे तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित कोटमा फोहोर बोकर नुवाकोटको सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फोहोर बोकेको गाडी दुर्घटना, चालक र सहचालकको मृत्यु

हेटौंडा घर भएका चालक माइला लामा र सहचालक धादिङ गल्छीका कमल लामाको गाडीले नै चेपिएर मृत्यु भएको बालाजु प्रहरी वृत्तका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।


शुक्रबार बिहान ना ३ ख ३३८ नम्बरको फोहार बोकेको गाडी सिसडोलतर्फ जाने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएकाे प्रहरीले जनाएकाे छ ।

कीर्तिपुरदेखि फोहोर बोकेर आएको गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : पुस ११, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?