कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई 

स्थायी समितिबाट अध्यक्षद्वयको प्रस्ताव संशोधनसहित पारित
केन्द्रीय समिति पुस २३ गते
बबिता शर्मा

काठमाडौँ — नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका तर्फबाट दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

प्रतिवेदनमाथि छलफल गर्ने क्रममास्थायी समिति सदस्यहरुले मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) बारे कुरा उठाएका थिए। तर त्यसमा सदस्यहरुबीच नै विवाद भएपछि शनिबार सकिने भनिएको बैठक आइतबारमात्र सकिएको छ।


बैठकमा निकै चर्काचर्की भएको एमसिसीबारे उठेका विषयहरुबारे थप छलफल गर्ने जिम्मा सचिवालयलाई दिइएको सदस्य भीम रावलले बताए।


बैठकमा रावल लगायतका नेताले एमसिसी सम्झौता नेपालको हितमा नभएको र यो इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो कि होइन भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने भन्दै प्रश्न उठाएका थिए। 'बैठकमा उठेका प्रश्न र आशंकामाथि सचिवालयले छलफल गर्नेछ। ती कुरालाई प्रष्ट पार्दै केन्द्रीय समितिमा ल्याइने छ। त्यसरी नल्याइए मैले केन्द्रीय समितिमा आफ्नो धारणा फेरि त्यही ढंगले राख्नेछु,' रावलले बैठक पछि भने। उनले एमसिसी इन्डोप्यासिफिकको अंग हो कि होइन भन्नेबारे अमेरिकाले जवाफ दिनुपर्ने पनि बैठकले माग गरेको बताए।


रावलले एक हप्तासम्म चलेकाे बैठकमा आएका टिप्पणी, सुझाव र आलोचनासहित परिमार्जन गरी अध्यक्षद्वयले पेस गरेकाे राजनीतिक प्रतिवेदन पारित भएको बताए। बैठकमा महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक प्रस्तावको प्रस्तावना र अन्य केही बुँदामा परिमार्जनसहित विधानसंशोधनप्रस्तावकेन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको पनि रावलले बताए। महासचिवको विधान संशोधन प्रस्तावसँगै वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ।नेकपाको केन्द्रीय समिति बैठक पुस २३ गते काठमाडौंमा हुने पनि उनले बताए।


रावलका अनुसार बैठकले चार वटा प्रस्ताव पारित गरेको छ। प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनी छिटो काममा फर्किउन् भन्ने कामना बैठकले गरेको नेता रावलले बताए।


यस्तैनेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतले अतिक्रमण गरेकोनिष्कर्ष निकाल्दै यस विषयमा भारतसँग कुटनीतिक तवरमा वार्ता गर्न आग्रह गर्ने प्रस्ताव बैठकले पारित गरेको छ। सीमा क्षेत्रमा नेपालले गर्न लागेका सडक तथा बाँधको निर्माणमा भारतीय पक्षले रोकेको विषयमा पनि सरकारलाई यी समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरिएकोरावलले बताए।

गत २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई नेकपाले अमान्य ठहर गरेको छ।

पछिल्लो समयमा सडक दुर्घटनामा धेरैको ज्यान गएको भन्दै बैठकले सडक सुरक्षामा संवेदनशील हुन तथा मृतकका परिवारलाई उचित राहत दिन पनि सरकारसँग माग गर्नेनिर्णय गरेको छ।


बैठकले तराईका विभिन्न जिल्लाहरूका सुरु भएको शीतलहरले विपन्न वर्गका नागरिकहरूलाई ठूलो समस्या एवं मर्कामा पारेको कुरालाई ध्यानमा राखेर विपन्नहरूलाई न्यानो लुगा र दाउरा वितरण गर्न, घरबारबिहीनहरूलाई जनता आवास कार्यक्रम अन्तर्गत आवास उपलब्ध गराउन र यस समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएउने प्रस्ताव पारित गरेको छ।


बैठकले १५ दिनभित्र पार्टी एकीकरणका बाँकी कामहरू पूरा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपामा केन्द्रीय आयोग, विभाग, जनसंगठन लगायतलाई पूर्णता दिन बाँकी छ।

बैठकले पार्टी केन्द्रिय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको पनि श्रेष्ठले बताए। तत्कालीन एमालेको बल्खुस्थित केन्द्रिय कार्यालय भवन भएको स्थानमा नै नयाँ भवन बनाउने यसअघिनै नेकपाले निर्णय गरेको थियो।

०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि तत्कालीन एमालेले उक्त भवनको पुन निर्माण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो। तर, समितिले काम अगाढि बढ्न सकेको थिएन। पार्टी एकीकरण भएपछि नेकपाले सोही ठाउँमा केन्द्रिय कार्यालय बनाउने सहमति गरेको थियो। प्रकाशित : पुस ६, २०७६ १५:०९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरियाको सीप परीक्षणको नतिजा पारदर्शी भएन : परीक्षार्थी

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरियाको लागि तयारी गरेका नेपाली परीक्षार्थीहरुले कोरियाले प्रकाशन गरेको सीप परीक्षणको नतिजा पारदर्शी नभएको भन्दै वैदेशिक रोजगार विभागलाई आइतबार ध्यानाकर्षण गरेका छन् ।


‘एकैदिन सहभागी भएका एकजनाको पनि नाम परेन। यो कुन विधिद्वारा लिइएको हो,’ विभाग पुगेका उनीहरुले भने, ‘यो त्रुटिपुर्ण छ। यसलाई सच्चाइनुपर्छ।’ उनीहरुले एकैदिन ३ सय ६५ जना अन्तर्वार्तामा सहभागी जनाएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएपछि सीप परीक्षण गरिएको थियो। कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए। जसमा १२ हजार १० जना भाषा उत्तीण भएका थिए। भाषा परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीको भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो। अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ।

कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन। कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरेको हो। कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ।
कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो। भाषा परीक्षा पास भएकाहरूले स्किल टेस्ट दिनुपर्छ। स्किल टेष्टमा व्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ।

उनीहरुले सरकारले यसबारे कोरियाको ध्यानकर्षण जनाई रद्द गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित : पुस ६, २०७६ १४:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×